Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु, हरिनगरमा सेना परिचालन

सुनसरी । झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै हरिनगरमा गएरातीदेखी नेपाली सेना समेत परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत जारी गरेर कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी गरेर चल्न दिने सूचनामा उल्लेख गरिएको छ । नसरी दक्षिणवर्ती क्षेत्र हरिनगरको भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यु लगाइएको हो । घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रुग्याँस प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनु भएको छ ।


सम्बन्धित समाचार