Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाइपलाइन विस्तारमा ब्रम्हलुट

काठमाडौं । पाइपलाइन विस्तार र मर्मत सिआईपी प्रोग्रामको बजेट लुट्न पल्केका काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाभित्र यतिखेर भ्रष्टहरूको राइदाई चलेको छ । त्यहाँ नभएको काम देखाएर पैसा खानेहरू कार्यालय प्रमुख रमेश केसीका हुक्केहरू धेरै छन् । दश वटा चुहावटलाई २० वटा देखाएर पैसा खाने र एउटै कार्यक्रममा उपभोक्ता र केयुकेएलको पैसा खर्च गर्ने भ्रष्टहरूको दैनिकी चम्किइरहेको छ । नक्कली काममा साथ नदिने इञ्जिनियरहरूलाई खेदेर आफ्नो स्वार्थका योजनाहरू सफल बनाउनेतर्फ कार्यालयप्रमुख केसीको टिम लागिरहेको छ । यही टिमले हो कलंकी, चक्रपथ सडक सुधार आयोजनाले दिएको पैसामा ब्रम्हलुट मच्चाएको पनि । खानेपानी मन्त्री बिना मगर, सचिव माधव बेलवासे जस्तालाई यी लुटाहाहरूले कति पैसा बुझाए होलान् ? त्यो पनि प्रतिक्षाको विषय बन्दैछ । यो टोलीले मन्त्री बीना मगरको नाम निकै भजाउन थालेको छ । ठेकेदारहरू पनि मन्त्रीको नाम जोडिएपछि पैसा सुम्पन बाध्य हुने गरेका छन् । मेलम्चीकै नाममा पीअाइडीमा बसेर ब्रम्हलुट मच्चाएका तिरेश खत्री मन्त्री बीनाका अाम्दानीका स्राेत त्यसै बनेका हाेइनन् । रमेश केसी जस्ता शाखा प्रमुखले ठेक्कामा गरेकाे मनपरीकाे छानविन गर्न अख्तीयारलाइ  पनि कुरी कुरी लाग्याे भने अनाैठाे हुने छैन ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल