Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाइलट पेनको आधिकारिक आउटलेट कुमारीपाटीमा

काठमाडौं । विश्व बजारमा ख्याति कमाएको जापानको चर्चित कम्पनी पाइलट पेनको सञ्जाल विस्तार गर्ने क्रममा कुमारी पाटी ललितपुरमा नयाँ आउटलेट सोमबार उद्घाटन भएको छ । फेयर ट्रेड कर्पोरेसनले कुमारीपाटीमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त पाइलट ब्रान्डका पेनको आधिकारिक आउटलेट सञ्चालनमा ल्याएको हो । एक विशेष समारोहका बीच आउटलेट उद्घाटन नेपाली क्रिकेटका चर्चित खेलाडी कुशल भुर्तेल र चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीले गरेका थिए । उद्घाटन कार्यक्रममा कलाकार क्षेत्रीले पाइलट पेनको बजारलाई कुमारीपाटीको आउटलेटले थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । फेयर ट्रेड कर्पोरेसनले पछिल्ला ४२ वर्षदेखि नेपालमा पाइलट पेनको बिक्री तथा वितरण गर्दै आइरहेको छ ।

कम्पनी निर्देशक मीन अग्रवालका अनुसार शोरुममा १० रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मूल्यका विभिन्न प्रकारका पेन उपलब्ध छन् । पाइलट ब्रान्डका बल पेन, जेल पेन, फाउन्टेन पेन, साथै हाइलाइटर, मार्कर, पेन्सिल, इरेजर र लेखेर मेट्न मिल्ने पेन समेत उपलब्ध रहेको जानकारी दिएका थिए । ग्राहकलाई आकर्षित गर्न कम्पनीले सबै प्रोडक्टमा विशेष छूटको समेत व्यवस्था गरेको जनाएको छ ।