Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । पाकिस्तानले अफगानिस्तानभित्र तहरिक ए तालिबान पाकिस्तान टीटीपी सहित अन्य अतिवादी समूहलाई लक्ष्य गरी हवाई आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाले डुरेन्ड रेखानजिकै अफगानिस्तानको खोस्ट र नान्गारहार प्रान्तमा हवाई आक्रमण गरेको हो। प्रारम्भिक रिपोर्टअनुसार, यी आक्रमणमा बालबालिका सहित ६ जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। पाकिस्तानले हवाई आक्रमण गरेपछि दुई देशबीच युद्ध हुने जोखिम बढेको छ। पाकिस्तानी सुरक्षा स्रोतहरूले आक्रमणमा तहरिक ए तालिबान पाकिस्तान टीटीपी र हाफिज गुल बहादुर समूहको गढलाई लक्ष्य गरिएको बताएका छन्। दुवै सशस्त्र अतिवादी समूह पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अफगानिस्तानसँग जोडिएका क्षेत्रमा सक्रिय छन्। सन् २०२१ मा अफगानिस्तानमा तालिबानको पुनरागमनपछि यी समूहले पाकिस्तानी सेनाविरुद्ध घातक आक्रमण तीव्र पारेका छन्, जसमा सयौँ सैनिकले आफ्नो ज्यान गुमाएका छन्।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल