Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाकिस्तानमा अमेरिकी दूतावासमा तोडफोड, सुरक्षाकर्मीको गोलीबाट ६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा हिंसा मच्चिएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली ख़ामेनेईको हत्या भएपछि पाकिस्तानीहरुले अमेरिकी दूतावासमा तोडफोड गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीहरुले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा केही व्यक्तिहरूले वाणिज्य दूतावासको गेट तोडेर भित्र प्रवेश गरेको र रिसेप्शन तथा सुरक्षा कक्षका झ्यालहरू फुटाएको देखाइएको छ।

मजलिस एवहादत मुस्लिमीनका एक प्रवक्ताका अनुसार, यो एक सार्वजनिक विरोध प्रदर्शन थियो, जहाँ सर्वसाधारणले एक धार्मिक व्यक्तित्वको हत्या भएको विरोधमा अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका थिए।

उनका अनुसार भित्रबाट समेत गोली चलाइएको थियो। प्रहरी अधिकारीका अनुसार उक्त घटनामा ६ जना मारिएका छन् भने आठ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।


सम्बन्धित समाचार

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

२०८२ फाल्गुन २२

ताजा नेपाल