Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । डाक्टरमाथि आक्रमणको विरोधमा पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन्। गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन्। गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। ९० वर्ष र ६८ वर्षका ती बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेको बताइएको छ। हातपात गर्नेलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ।