Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाटी विभाजनको केन्द्र बन्दै बालुवाटार !

काठमाण्डौ , वैज्ञानिक समाजवादको कुरा गर्ने तर पशुपति र अयोध्यामा राम सिताको मुर्ती स्थापना गरी हिन्दु धर्म संग नजिक बनेर धर्म निरपेक्षतामाथि प्रहार गर्ने काम भएको छ । ओली सरकारले सिके राउत नेत्रविक्रम चन्द र थारुहट आन्दोलनलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्ने घोषण गरेको छ । देख्दा यो शान्ती र विकासका लागी राम्रो हो । तर यो सरकारले जसको मुद्धामा राज्य चलाएको छ त्यसलाई बाहिपास गरेर अगाडी बस्दा मुलुकको परिवर्तन र कम्युनिष्टविच विभाजन ल्याइदिएको छ ।
प्रचण्ड संग रिसाएर मोहन बैध अलग भए बैध संग बादल र चन्द अलग भए तर यिनीहरुको सिद्धान्त र निती तत्कालिन माओवादी कै थियो । नेकपा एमाले र माओवादी विचको एकतामा शैद्धान्तिक छलफल पनि भएन । स्वार्थको एकताले दिर्घ कालिन फाइदा हुदैन । यति खेर कम्युनिष्टहरु विभाजित हुदाँ पनि फाइदाँ लिन नसक्ने काग्रेस हो ।जसले मदेशवादी शतिmहरुलाई समेत मिलाउन सकेको छैन । ओली सासनमा पाटी विभाजन हुने र राज्य व्यवस्थामा एकाधिकार जमाउने काम भएको छ । यही बेला धर्म जोडीएर मत संकलन गर्ने ओली योजनाले उग्र रुप लिएको छ । धर्म निरपेक्षता माथि प्रहार गर्ने काम राज्यको तहबाट भइ रहदाँ आफ्ना नेता कार्यकर्ता छुटउन नसकेका नेत्र विक्रमको समाजवाद बालुवाटारमा थन्कीएको छ ।
उपेन्द्र यादव र महन्त ठाकुरको लडाई पनि सत्ता र कुर्ची को विचमा देखिएको छ । एमाले जस्तो पाटी त यती खेर सत्ता र कुर्चीकै निहुमा विभाजन हुने अवस्थामा पुगेको वेला मदेशका २ समुहमा टुक्रीनु रामबहादुर थापाहरु ढाक्रे बन्नु नौलो होइन किनकी सिद्धान्त भन्दा र पद रोजेका रायमाझी ,भट्ट र चौधरीको के कुरा उनीहरुलाई एमालेको ओली पथमा के पद प्राप्त हुन्छ थाहाँ छैन । तर पुरानालाई खेदेर नयाँहरुबाट नत एमाले बलियो हुन्छ नत प्रम ओलीको संवृद्धीले ठाउँ पाउछ । अहिलेको खाचो विचार मिल्ने हरुको एकता हो । जो संग विचार र सिद्धान्त मिल्दैन त्यो सित निती र कार्यक्रमहरु पनि मिल्न सक्दैन । एकता र सहकार्य विचार कार्यको आधारमा भएको भए नेकपा विभाजन हुने थिएन । ओली संग नेत्र विक्रमले वैज्ञानिक समाजवादको निम्ती जनमत संग्रहको माग गर्नु र प्रतिगमन मा लागेको बालुवाटारले मुलुकको समस्या समाधान गर्ने इमान्दारीता देखाउछ भन्नु एकै हो ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल