Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पारसलाई चौथोपटक हृदयघात, तीन दिन अस्पतालमै रहने

१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं, ती चिकित्सकले  भने, अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।

पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ भन्ने प्रश्न ती चिकित्सकले भने, राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।

ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।


सम्बन्धित समाचार