Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीमा एकता बचाउने रविको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले प्रतिशोधस्वरुप पक्राउ गरेको दाबी गरेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भेट्न आइपुगेका रास्वपा सांसद विराजभक्त श्रेष्ठसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन् । मैले केही भन्नै परे पहिला पहिला बोल्नुपर्‍थ्यो, अहिले त मलाई के लागि पक्राउ गरेको जनताले बुझिसके, रविको भनाइ उद्धृत गर्दै विराजभक्तले भने, देशले परिवर्तन खोजेको छ, परिवर्तन खोज्ने यो शक्ति ठूलो हुन्छ । यो हाम्रो पार्टीको मात्रै कुरा होइन । देशमा विकल्प खोजेको शक्ति ठूलो हुन्छ । रविले विराजभक्तसँगको भेटका क्रममा पार्टीभित्रको युनिटी एकता बलियो बनाइराख्न पनि भनेका छन् । उहाँ रविको मनोबल उच्च छ । किताबहरू पढिरहनु भएको छ, विराजभक्तले भने, बरु हामीलाई तनाव लिने कुरा छैन, पार्टीभित्र युनिटी एकता बचाइराख्न भन्नु भएको छ । रविले अहिले पुस्तकहरू पढिरहेको बताउँदै आफूले कुनै किसिमको तनाव उनको मुहारमा नदेखेको दाबी विराजभक्तले गरेका छन् । फरक प्रसंगमा सांसद विराजभक्तले सडकमा आएर विपक्षी दलको नेताले जस्तो प्रधानमन्त्रीले सम्बोधन गर्नुलाई हाँस्यास्पद भनेका छन् । यो साह्रै विचित्र दृश्य देखियो । गठबन्धन टिकाउन कार्यकर्ता सडकमा उतारिएको हो । कांग्रेसलाई हेर् है भनेर देखाउन खोजेको हो, पोखरामा उनले भने, संसारमा कहीँ पनि यस्तो विचित्र दृश्य देख्न पाइँदैन । जनतालाई नतिजा दिन नसकेपछि प्रधानमन्त्री नै सडकमा निस्किएको देख्दा विचित्र लाग्यो । उनले कात्तिक २ गते सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेपछि थालिएको रास्वपाको आन्दोलनलाई स्वभाविक भने । देशले नै आशाले हेरेको व्यक्तिलाई थुनिसकेपछि हामीले खबरदारी गरेका हौँ, उनले भने, अब त हाम्रो आन्दोलन एक अभियान भएको छ। अब हामी एक अभियानमा गइसकेका छौँ । कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रि लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध सहकारी ठगीसम्बनधी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सरकारले चलाउने गरी बयान लिइरहेको छ ।