Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ रणनीति बनाउने तयारी गरेकी छन्। त्यसकै तयारीस्वरुप शुक्रबार दिउँसो भण्डारीले काठमाडौँको बबरमहलस्थित कार्की ब्यंक्टेटमा पत्रकार सम्मेलन गर्दैछिन्। पत्रकार सम्मेलन गरेर भण्डारीले आफ्नो रणनीति सार्वजनिक गर्न लागेकी हुन्। भण्डारी पक्षीय नेताहरूका अनुसार अब उनले देश दौडाहा थाल्नेछिन्। त्यसैगिर एमालेका विधान महाधिवेशन प्रतिनिधिसँग पनि उनले छलफल र भेटघाट गर्ने तयारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि भण्डारीले शुक्रबारदेखि नै पार्टी गतिविधिमा सक्रिय भएको सन्देश दिन लागेकी हुन्। एमालेमा मेरो योगदान छ। नेता कार्यकर्ताले न्याय गर्नुहुनेछ भन्ने उहाँको विश्वास छ, भण्डारीलाई भेटेका एक एमाले नेताले भने, अब उहाँ राष्ट्रिय महाधिवेशनसम्म पर्ख र हेरको नीतिमा रहेर देशभर पुग्नुहुनेछ। ती नेताका अनुसार अहिलेको लागि भण्डारी कार्यकर्तासँगको भेटघाटमा केन्द्रित हुनेछिन्। पार्टी सदस्यता नवीकरण भइसकेको रोक्ने निर्णयको राजनीतिक रुपमै जवाफ दिने योजना भण्डारीको छ। आफूलाई सदस्यताविहीन बनाउने कदमले अन्तरपार्टी संघर्ष निम्त्याएको उहाँको बुझाइ छ। यसको समाधान राजनीतिक तबरले नै दिनुपर्छ भन्ने छ, ती नेताले भने, अब उहाँ जिल्ला दौडाहामा निस्कनु हुन्छ। सबै जिल्ला पुग्ने चाहना उहाँमा देखिन्छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल