Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपश्चात नेता कार्यकर्ताबाट उठिरहेको पुनर्गठन, पुस्तान्तरण, सुधारको बहसका सन्दर्भमा मुख खोलेका छन् । बिहीबार गुण्डुमा प्रेस चौतारीका पत्रकारसँगको भेटमा ओलीले केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुपर्ने बताए । त्यस्ता कुरा बाहिर बाहिरै गर्दै हिँड्न नहुने उनको भनाइ थियो । ओलीले भने, केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुहोस् । समस्याको समाधान दिन्छ, सडकमा कराउने हैन नि ? उनले ‘झोले’ भन्दै आगो लाउने र प्रतिशोध साँध्ने ट्रेण्डले देशलाई अराजकता र अशान्तितर्फ धकेलेको बताए । यो कस्तो सभ्यता हो ? कसले फैल्याउँदैछ यो ? सचेत नयाँ पुस्ताले बुझ्न सक्नुपर्छ, ओलीको भनाइ थियो । उनले देश कानून र न्याय संगत ढंगले चल्नुपर्नेमा जोड दिए ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल