Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीले पार्टी छोडेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ सन्देश जारी गर्दै उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले नयाँ पार्टी पनि घोषणा गरेका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन्। ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद, उनले भने, आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु। नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु। निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठलाई मान्यता दिएपछि चौधरीले नाउपा छाडेर नयाँ पार्टी गठन गरेका हुन्। गएको साउन १६ गते बसेको चौधरी पक्षको भेलाले श्रेष्ठलाई अध्यक्षबाट हटाएको थियो। तर निर्वाचन आयोगले श्रेष्ठ नै अध्यक्ष रहेको ठहर गरेपछि चौधरी सो पार्टीबाट अलग भएका हुन्। चौधरी र श्रेष्ठ पतिपत्नी हुन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल