Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ। बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो। बैठकमा पार्टी समायोजन, बिस्तार, सुदृढीकरण लगायतका विषयमा छलफल हुने रास्वापका प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपाले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिभसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र काठमाडौँका मेयर बालेन शाहसँग एकता गर्ने निर्णय गरेको छ। त्रिपक्षीय सहमतिअनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै रहनेछन्। प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेछन् भने कुलमान घिसिङ रास्वापाको वरिष्ठ उपसभापति बन्ने छन्। ‘यही पुस १४ गते भएको त्रिपक्षीय सहमतीलाई आजको बैठकले अनुमोदन गर्नेछ, प्रवक्ता झाले भने, बैठकले पार्टी एकता घोषणा सभाको विषयमा पनि औपचारिक निर्णय गर्नेछ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल