Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पिपलपाते प्रचण्डले देखाए आफ्नो हैसियत

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको ६१औ दिनमै आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने सातदलीय सत्ता–गठबन्धन टुटाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा शुक्रबार साँझ नेपाली कांग्रेसले नेतृत्व गरेको विपक्षी गठबन्धनका सात घटकसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उमेदवारलाई समर्थन गर्ने निर्णयमा सहमति जनाए ।
दुई महिनाअघि कांग्रेसले प्रधानमन्त्री दिन अस्वीकार गरेको बेला प्रचण्डले कांग्रेससहित चुनावी गठबन्धनका चार दललाई धोका दिएर एमालेको शरणमा पुगेर प्रधानमन्त्रि पाएका थिए ।

३२ सिट जितेर तेसो्र बनेको प्रचण्डले धोकाधडीको सहयोग लिएर प्रधानमन्त्री पड्काए , चुनावी गठबन्धनका कांग्रेससहित अरु चार दललाई धोका दिई ओलीनिवासको बार्दलीबाट सानका साथ सञ्चारकर्मीलाई हात हल्लाएका थिए
राष्ट्रपति चुनावमा पुग्दा उनी फेरि एमालेलाई धोका दिएर कांग्रेससहितको विपक्षी सात दलीय गठबन्धनमा आठौँ दलका रूपमा मिसिएका छन् । अनि राष्ट्रपति कांग्रेसलाई दिन सहमति जनाएका छन् ।
राजनीतिले कुनै नाटकीय मोड नलिएमा सम्भवतः प्रचण्ड सरकारका एमाले मन्त्रीहरूले केही दिनभित्रै राजीनामा गर्ने छन् भने राप्रपाका चार मन्त्री बालुवाटार पुगेर शनिबारै राजीनामा बुझाएका छन् । प्रचण्ड यस्तै खेलमा लागिरहने भए देशको बिकास कसले गरिदिने तिनै दश बर्षे युद्दका घाइतेहरुले गरिदिनु पर्ने हो कि ?

आफ्नो जिन्दगिलाइ प्रचण्डसामु बुझाएर युद्द लडेका घाइतेलाइ उपचार सम्म गरेका छैनन् तिनपटक सम्म प्रधानमत्रि हुँदा सम्म मतलब नगरे पछि उनलाइ कुन दृष्टिले हेर्छन बुझ्न कठिन छैन् । यस्ता प्रबृति भएका मान्छे देशको उच्च पदमा पुगेपछि कसले के आसा गर्ने त अब ?