Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कमाउनकै लागि जसपा टुक्य्राएर अवैध अध्यक्ष बनेका (प्रम केपीले च्यापेका) अशोक राईको कोटाका खानपानीमन्त्री बनेका प्रदीप यादव मन्त्रालयमा डन बन्दै आएका छन् । उनले प्रम केपी ओलीका लगानीकर्ता एवं तस्कर दीपक मलहोत्राको सेवा गर्दा कानुनको तेजोबध गरेका हुन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रोजेक्ट आयोजना कार्यान्वयन निर्देशनालयमा काम विना राजश्व झ्वाम पार्ने परामर्शदाता (कन्सल्टेन्सी) लाई आयोजनाले स्वीकार नगरेको कारण उपनिर्देशक चन्द्रकुमार श्रेष्ठ, प्रबन्धक देवेश बडाल, खरिद प्रबन्धक रविन्द्र पोखरेलको आइतबार रातारात सरुवा गरेर आतंक सिर्जना गरेका छन् । यो सरुवाले त्यहाँ सबै कर्मचारीमा आतंक र निशारा सिर्जना भएको छ । आफ्नो धन्दा सफल पार्न यी मन्त्रीले प्रधानमन्त्री केपी ओलीको आदेश भन्नुको कारण तस्कर दिपक मलहोत्रा नै हुन् । मेलम्ची परियोजनाका नाममा लार्के र याङ्ग्री खोला पनि जोडिएका छन् । सरकारको लक्ष्य उपत्यकामा खानेपानीको प्रबन्ध गर्ने हो । तर मेलम्ची सफल पार्न चासो छैन । खानेपानी मन्त्री जो आउँछ त्यसको चाकडी गर्दै दिपक मलहोत्रा जस्ता प्रवृत्तिहरूको स्वार्थसँग प्रधानमन्त्रीको नाम किन जोडिन्छ ? जबकि मलहोत्राको कन्सल्टेन्सी त्यो क्षेत्रको काम गरेकै छैन । हिजो काँग्रेसका उमाकान्त चौधरी नामक लुटाहाले यस्तै गरे । आज मन्त्री यादवको धन्दा कमाउ र पार्टी अध्यक्षलाई बुझाउ हो कि प्रधानमन्त्रीको विश्वासी हुने हो ? खानेपानी विभागका कर्मचारी समेत आक्रोशित छन् । ढल्न लागेको ओली सत्ताको यो लुटले प्रशासन संयन्त्र खलबलिएको छ ।
२०८१ चैत्र ५
ताजा नेपाल
२०८१ चैत्र ५
ताजा नेपाल
२०८१ चैत्र ५
ताजा नेपाल