Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पीएसजी छाडेर मेसी इन्टर मियामीमा

मियामी । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले शनिबार औपचारिक रूपमा अमेरिकी एमएलएस टिम इन्टर मियामीसँग सन् २०२५ सम्मका लागि अनुबन्ध गरेका छन् । सात पल्टका बेलन डे’अर विजेता ३६ वर्षीय मेसीले पछिल्लो सिजनको समाप्तीमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए । अर्जेन्टिनाका लागि पछिल्लो विश्वकप जितेका मेसीले नयाँ अनुबन्धपछि भनेका छन्, ‘आफ्नो खेल जीवनको नयाँ सुरुआतका लागि म निकै उत्साहित छु । हामी सबै मिलेर यसलाई उत्कृष्ट बनाउनु पर्छ ।’ उनी पहिलो पल्ट युरोप बाहिरको क्लबका लागि खेल्दैछन् र उनले यसलाई ठूलो अवसर पनि मानेका छन् । मियामीका मालिकमध्ये एक रहेका डेविड बेकह्यामले मेसीलाई अनुबन्ध गर्न सक्नु आफ्नो टिमका लागि सपना साकार भए जस्तै भएको बताएका छन् । अब मेसी मियामीले जुलाई २१ मा हुने लिगकपको खेलका लागि उपलब्ध हुनेछन् । यो खेल क्रुज एजुलविरुद्ध हुनेछ । मेसीले यस वर्षको बेलन डे’अर पनि जित्ने विश्वास गरिएको छ । पीएसजीका लागि मेसीले ७५ खेलमा ३२ गोल गरे । गत सिजन मात्रै उनले १६ गोल गरे भने १६ थोलका लागि अवसर पनि सिर्जना गरे । बार्सिलोनामा २१ वर्ष लामो समय बिताएपछि उनी सन् २०२१ मा पीएसजी आएका हुन् । बार्सिलोनाका लागि उनले ६ सय ७२ गोल गरे र यसबीच १० ला लिगा, चार च्याम्पियन्स लिग तथा सात स्पेनी कप जिते ।


सम्बन्धित समाचार

रुस–चीन धु्रविकरण र नेपाल

२०८१ जेष्ठ २

ताजा नेपाल

लडाइँमै बित्नेभो प्रदेशको राजनीति

२०८१ जेष्ठ २

ताजा नेपाल