Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा सघाउनका लागि युक्रेनलाई हतियार नदिन चेतावनी दिएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाका लागि महँगो पर्ने उनले बताएका छन् । दक्षिण कोरियाले भने रूस र उत्तर कोरियाबीच भएको नयाँ सम्झौतालाई मध्यनजर गर्दै युक्रेनलाई हतियार दिने विषयमा सोच बनाइरहेको बताएको छ । यसैमा प्रतिक्रिया दिँदै रुसी राष्ट्रपति पुटिनले दक्षिण कोरियालाई चेतावनी दिएका हुन् । रूस र उत्तर कोरियाले हालै अन्य देशसँगको युद्धका दौरान एक–अर्को मुलुकलाई आपसमा सहयोग गर्ने सम्झौता गरेका छन् । जसमा दक्षिण कोरियाले विरोध जनाएको छ । दक्षिण कोरियाले उक्त सम्झौतालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै निन्दा गरेको थियो । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो–जिनले ‘युक्रेनलाई हतियार दिने विषयमा पुनर्विचार’ गर्ने योजना बनाइएको बताएका थिए । पुटिनले बिहीबार भियतनाममा पत्रकारहरुसँग युक्रेनलाई हतियार आपूर्ति गर्ने निर्णय गरे रुस दक्षिण कोरियाको वर्तमान नेतृत्वसँग खुसी नहुने बताएका थिए । पुटिनको टिप्पणीपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले शुक्रवार युक्रेनलाई हतियार आपूर्ति गर्नेबारे विभिन्न विकल्पहरूमा विचार गरिने र रुसको दृष्टिकोणका आधारमा कदम चालिने बताएको छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल