Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुण्य गौतमले गरे प्रहरी हिरासतमै अनशन

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए । ‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो । प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल