Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुरानै रोगले काँग्रेस ग्रसित

काठमाडौं । १५औं महाधिवेशन आउन डेढ वर्ष बाँकी छ । तर काँग्रेसमा आजैदेखि को कतातिर लाग्ने भन्ने लडाइँ चर्काइँदैछ । गगन थापाको उर्भौलो परिणतले कोइराला परिवारलाई विभाजित गराएर सभापति देउवाले जोबाट नेतृत्व खोसेको हुँ उसैलाई १५औं महाधिवेशनमा सुम्पन्छु तर आफ्नी श्रीमती डा. आरजुलााई उपसभापति पद चाहिन्छ भनिरहँदा युवाहरू दंग छन् ।
महामन्त्री थापाले आफ्नो टिममा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, मीन विश्वकर्मा, बद्री पाण्डे, महेन्द्र यादव जस्ता नेताहरूको पद विभाजन गरेर प्रचार अभियान चलाएका छन् । थापाको क्रेज हिजोको जस्तो छैन । मौका पर्दा किसानको आहारा आफैं हजम गर्ने अहिले संस्थापनको सेबक बनेर डा. शेखर कोइराला टिमबाट आफ्नो छुट्टै टिम बनाउने जस्ता व्यवहार प्रदर्शन गरको छन् । जबकि काँग्रेस, एमाले गठबन्धन सरकार राष्ट्रहित विपरित जुट्दा काँग्रेसका गगन, एमालेका योगेशहरू बेपत्ता छन् । सरकार अध्यादेशमा केन्द्रीत छ । यो सरकारले संसदमा फेस गर्न नसक्ने भयो । डा. शेखर सरकारका गलत कामको प्रतिवाद गर्दै आफ्नो तयारीमा छन् । उनी आफ्नै टिमबाट सहमहामन्त्री बनेका पर्यटनमन्त्री बद्री पाण्डेको काममा विश्वस्त छैनन् । यही विषयले पाण्डेलाई कोइराला टिम छाडेर गगनतिर लाग्ने बाटो खोल्यो । उता संस्थापनमा रहेका डा. प्रकाशशरण महत, नारायणप्रसाद साउद, बालकृष्ण खाँण, डिला संग्रौला, महालक्ष्मी उपाध्याय (डिना) किशोर सिंह राठौरहरू अब देउवाको पछि लागेर कुलदेवीलाई भेटी चढाएर संस्थापन हुँ भन्न छाडेका छन् ।
डा. शेखरसँग सुजाता कोइराला जोडिएकी छन् । तर राजनीति भन्दा रसरंगमै रमाउने परिचय बनाएका बीपी पुत्र डा. शशांक कोइराला डा. शेखरतिर भन्दा देउवातिरै टाँसिएका छन् । वर्तमान सरकारका बदनाम पात्र ऊर्जामन्त्री दीपक खड्काको खञ्चुवा व्यवहार तिनै डा. शशांकसँग जोडिएका छन् । नक्कली डा. सुनिल शर्मा, डा. शेखर गुटकै भित्रिया भएर पनि काँग्रेस सम्मिलित सरकारको भण्डाफोर गर्न पछि पर्दैनन् । ललितपुरका उदयसमशेर राणा यस्ता विकृतिको बारेमा बोल्न जान्दैनन् । प्रतिमा गौतम, सरिता प्रसाई, अम्बीका बस्नेतहरूलाई कालो बजार र महंगीले छुँदैन, सांसदको बैठक जारी छ । तर कालो बजारमाथि राज्य दर्शक बन्दा युवा सांसदहरू मौन देखिनुमा पनि राजनीतिक लाजको पसारो बनेको छ । काँग्रेसले विद्युत महसुल, एनसेलको नाफा मुलुक करका बारेमा मात्र होइन, भ्रष्टाचारमुखी सरकारी रवैयाका बारेमा बोल्दैन । अहिलेको सरकार जुन उद्देश्यले बन्यो । त्यसको काम भनेको विचौलिया र माफियाको सेवा गर्ने भएको छ । प्रशासनिक गतिविधि जनपक्षीय छैनन् । एमालेका अध्यक्ष सार्वजनिक जमिन भूमाफियालाई सुम्पने योजनामा हुँदा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा काँग्रेस खुल्नु पथ्र्यो । तर डा. शेखर कोइरालाको मात्र विरुद्धमा स्वर निक्ल्यो । कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगानाहरूले मुख खोलेनन् । आफ्नै पार्टीका नेताका बीचमा सरकारले जारी गरेका संसद छलेर आएका विधेयकहरूका बारेमा नेताहरूबीचमा बहससम्म नगर्ने काँग्रेसले कस्तो महाधिवेशन गर्ला, छलफल के होला ?


सम्बन्धित समाचार