Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चलचित्र रमिताको पिरती को प्रदर्शन रोक्न उच्च अदालत पाटनमा रिट दायर भएको छ।
अधिवक्ता सृष्टि भट्ट र लक्ष्मी तामाङले पुरुषप्रति घृणा सिर्जना गर्ने भन्दै प्रदर्शन रोक्न माग गरेका छन्।
चलचित्र विकास बोर्ड, निर्माता कम्पनी र अन्यलाई विपक्षी बनाइएको छ र सेन्सर बोर्डलाई पनि आलोचना गरिएको छ।
काठमाडौं । चलचित्र रमिताको पिरती को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा शुक्रबार रिट दायर भएको छ । अदालतकी सूचना अधिकारी पार्वती हितानले उक्त निवेदन दर्ता भएको बताइन् ।
अधिवक्ता सृष्टि भट्ट र तारकेश्वर निवासी लक्ष्मी तामाङले निषेधाज्ञासहित अन्तरिम आदेश जारी गरिपाऊँ भन्दै अदालतमा मुद्दा हालेका हुन् ।
चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रालि, कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा आना शर्मा, लेखक सुदिप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको छ ।
उक्त फिल्मले पुरुषप्रति घृणा सिर्जना गर्ने, लैंगिकरुपमा विभेदकारी देखिने कथा तयार गरि सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई खलल पार्ने जनाउँदै निवेदकले यसले सम्पूर्ण पुरुषलाई असर गरेको, सामाजिक वितृष्णा फैलाएको बताउँदै उक्त फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।
सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल हुने गरि विपक्षीमध्येको बोर्डले विपक्षीलाई चलचित्र बनाउन निर्माण अनुमति दिएको, सेन्सर बोर्डले विषयको मूल्यांकन नगरि चलचित्र प्रदर्शन गर्न अनुमति प्रदान गरिएको आरोप समेत लगाइएको छ ।
अन्नपूर्ण शर्मा आना शर्मा को शीर्ष भूमिका रहेको यो फिल्म अहिले हलमा चलिरहेको छ ।
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल
२०८२ फाल्गुन २२
ताजा नेपाल