Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुल बचाउन ससस्त्रको प्रयास

लमजुङ । हिमालपारिको जिल्ला मनाङको सदरमुकाम र माथिल्लो मनाङलाई जोड्ने पक्की पुलमा बाढीले रुखहरू ल्याएर थुपारेको छ । बाढीले चामे गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले ज्यानको पर्वाह नगरी मूढाहरु काटेर पन्छाउने प्रयास गरिरहेका छन् ।

बाढीले पुल थुनिएकाले त्यसलाई पन्छाउन सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङको टोली त्यहाँ परिचालन भएको छ । गुल्मपति होमनाथ पन्थीको नेतृत्वमा खटिएको टोलीले पुललाई जोगाएको छ । यस वर्ष मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकमा जस्तै मनाङमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । सिन्धुपाल्चोक काठमाडौंबाट नजिकै भएकाले त्यहाँका विवरणहरू मिडियामा आए पनि हिमाल पारिको जिल्ला मनाङ चाहिँ छायाँमा परेको हो ।

त्यहाँ भइरहेको क्षति र उद्धारका समाचारहरु खासै बाहिर आउन सकिरहेका छैनन् । तर सरकारको ध्यान सिन्धुपाल्चोकमा जस्तै हिमाल पारीको जिल्ला मनाङमा पुगिरहेको छैन । प्रदेश सरकारका मुख्यमन्त्री भने मनाङको निरिक्षण गर्न जाँदा झण्डै मौसम परिवर्तनका कारण उतै रोकिनु पर्ने हो कि भन्ने शंका बढिरहेको थियो । सञ्जोक बस मौसमले साथ दियो उनी पोखरा फर्केर संसदमा विश्वासको मत लिन सफल भए ।


सम्बन्धित समाचार