Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमाले सहितको सात दलीय गठबन्धनको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले प्रतिनिधिसभाबाट आगामी पुष २६ मा विश्वासको मत लिने जानकारी संसद सचिवालयलाई गराएका हुन् । ‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय सम्वत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु,’ प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्रमा भनिएको छ । प्रचण्डलाई अहिले एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र तीन स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन छ।
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल