Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुस्तक लेख्नु त यस्तो पो लेख्नु

  • अर्जुन ज्ञवाली

पुस्तक परिचय शृङ्खला । सुवर्ण हुमागाइले लेख्नुभएको जीव, ईश्वर र मानिस पुस्तक अधोपान्त पढें । अत्यन्त सरल तवरले बिज्ञान, अध्यात्मको अन्तर्सम्बन्धलाई लेखक साधक हुमागाईले मिहिन रूपमा ब्याख्या गर्नुभएको छ । जब मृत्युको प्रश्न अगाडि उपस्थिति हुन्छ आधुनिक बैज्ञानिकहरू जवाफ दिन असमर्थ हुन्छन् । किनभने आइन्सटाइनदेखि डार्बिन हुन् या जुनसुकै आधुनिक वैज्ञानिकहरू सबै मृत्युको मुखमा पुग्दा उनीहरूको विज्ञान अपूर्ण बन्न पुगेको छ । विज्ञानको हवला दिएर वैदिक सनातन हिन्दूधर्म–दर्शनमाथि हिलो छ्याप्नेहरू अर्थात वैज्ञानिक समाजवाद भन्नेहरू मृत्युको प्रश्न अगाडि आउँदा रोकिन्छन् । लेखक लेखक मात्रै नभएर स्वयंमा साधक भएकोले यो स्तरको पुस्तक लेखन सम्भव भएको हो । लेखकले आधुनिक बिज्ञान अध्यात्मको एउटा सानो झिल्को मात्रै भएको कुरालाई प्रमाणित गरिदिनु भएको छ । यसकारण पुस्तक आफुलाई भौतिकवादी वैज्ञानिक समाजवादी भन्नेहरूले पढ्नै पर्दछ ।

पञ्चतत्ववाट निर्मित मानव शरीरमा आफूभित्रै सम्पूर्ण ब्रह्माण्ड छ त्यसलाई जसले वैदिक सनातन ज्ञान, ध्यान, साधनाबाट आफैंभित्र खोज्न सक्छ उसैले ईश्वरको दर्शन त्यहीँबाट प्राप्त गर्न सक्छ । महान योगि, सन्त, ऋषिमुनिहरूले त्यसरीनै आत्मदर्शन गर्न सकेर ईश्वरको दर्शन गरे जुन जीवतत्व आफैंभित्र छ । लेखक, साधक सुवर्णजिको यो पुस्तक समकालीन बजारिया लेखक जसले साधना गरेको छैन उनिहरूसँग तुलना हुन सक्तैन । समकालीन लेखकहरूका पुस्तकहरूमा यतिको उत्कृष्ट पुस्तक मैले अध्यन गर्न पाएको छैन । ४० शिर्षकमा रहेको यो पुस्तक जिवन, जगत, जन्म, मृत्यु, विज्ञान र विकास, विनास वुझ्नलाई एकपटक होईन ज्ञान मात्रै भएका ध्यान र साधना नभएकाहरूले पटकपटक दोहो¥याएर अध्यन मनन् गर्नुपर्दछ । म आफैंले पनि पुस्तकका हरफहरू अध्यन मनन् गर्ने क्रममा पटकपटक कतिपय हरफहरू दोहो¥याएर अध्यन गर्न पुगें ।

पुस्तक यति खदिलो छ अध्यन गर्न थालेपछि छोड्न मन लाग्दैन । अहिले समाजमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, काटमार, लडाइँ, झैझगडाको प्रमुख कारण मानिसले आफैंभित्रको जीव र ईश्वरलाई चिन्न नसक्नु हो । तथाकथित धर्मको आवरणमा इस्लाम र इसाइहरूले संसारभरि मच्चाएको आतंकवाद धर्म धारण गर्न नसक्नुको कारण हो । यसकारण इसाई र इस्लाम धर्म होइन मजब हो भन्दा अत्युक्ति हुने छैन । धर्म धारण गर्ने कुरा हो । जसले ध्यान, ज्ञान र साधनाबाट धर्म धारण गर्न सक्तैन त्यहीं नै असान्तिको कारण हो, हिंसाको कारण हो । धर्म धारण गर्न नसकेकोले नै ईसाई र इश्लामहरूले हिंसाको मार्ग अपनाए । धर्मको नाममा इसाई÷इस्लाम हिंसा होस या धर्मान्तरण धर्मधारण गर्न नसक्नुको परिणाम हो । कोरा विश्वविधालयको डिग्री भौतिकबादी, उपभोक्ताबादी चिन्तनले आफुभित्रको जीव र ईश्वरलाई पहिचान गर्न सकिँदैन । अहिले बजारमा यस्तै कोरा भौतिकवादी विज्ञ भनिनेहरूको बिगबिगी छ ।

यस प्रकारका खोक्रा बौद्धिक भन्नेहरूलाई यो पुस्तक दरो झापड हो । आत्मज्ञान प्राप्त गर्नका लागि ज्ञानसँगै बैदिक ध्यान र साधना चाहिन्छ । लेखकले सरलरूपमा यो विषयलाई बुझाउने प्रयत्न घनश्यामलाई पात्रको रूपमा उभ्याएर गर्नु भएको छ । यो स्तरको पुस्तक लेख्नु र आफुले ज्ञान, ध्यान र साधना मार्फत प्राप्त अनुभुति लेखन मार्फत प्रस्तुत गर्न सक्नु सामान्य कुरा होइन । भौतिकतालाई मात्रै सबैदेख्ने नयाँ पुस्ताका पाठकले त यो पढ्नै पर्दछ । आफुलाई विश्वविधालयको डिग्रीको आधारमा मापन गर्नेहरू, धर्मगुरुहरूले पनि एकपटक पुस्तक पढ्नै पर्दछ । धर्म कर्मकाण्ड मात्रै होइन कर्मकाण्ड एउटा सिडी चढ्ने माध्यम हो । आध्यात्मिक जीवनबाट गन्तव्यमा पुग्नका निम्ति धेरै सिढीहरू चढ्नुपर्दछ । यो कुरालाई लेखकले सरल रूपमा बुझाउने प्रयत्न गर्नुभएको छ । यसप्रकारको उत्कृष्ट पुस्तक लेखेर समाज र भावी सन्ततिलाई मार्गदर्शन दिन सफल लेखकलाई जति धन्यवाद दिए पनि कमै हुन्छ । उहाँको आगामी लेखन यात्रा चलिरहोस् । पुस्तकमा डा. जगदीश शर्मा र प्रा. डा.विधानाथ कोइरालाले भुमिका लेख्नुभएको छ भने हिमालय बुकस्टल दिल्ली बजार काठमाडौले प्रकाशन गरेर बजारमा ल्याएकोछ । यस्तै खदिला अन्य कृतिहरू पनि पढ्न पाइयोस् लेखकलाई शुभकामना ।