Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पुस २० मा प्रधानमन्त्री ओली भारत जाँदैं

काठमाडौं । पार्टीभित्रको अन्तरकलह समाधान गर्न नसकेर संसदनै सक्याएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् ।चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनको भारत भ्रमण तय भएको हो ।
भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जादैछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण २ देखि ३ दिनको हुने बताइएको छ ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल