Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
खोटाङ । खोटाङमा सडक बन्द गर्नेक्रममा पक्राउ परेका पुर्व मन्त्रि गोपाल किराती सहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा ९एमाले० को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने क्रममा मंसिर २६ गते पक्राउ परेका पुर्व मन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका सचिव उदिम चाम्लिङ, वाईसीएलका हलेसी तुवाचुङ नगर कमिटि इन्चार्ज विजय राईलगायत आइतबार साँझ रिहा भएका हुन् ।
किराती सहित पाँच युवा जनही एक–एक हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । प्रहरीले पाँच जना बिरुद्ध मंसिर २७ गते अभद्र व्यवहार सम्वन्धी मुद्धामा पाँच दिन म्याद थप गरेर राखेको थियो ।
पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर विगत १० महिनादेखि प्रदेशको पुःन नामांकनको माग गर्दै आन्दोलनरत छन् । एमालेको समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्न लाग्दा अवरोध स्वरुप प्रदेस नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि अनिश्चितकालका लागि घुर्मी ९उदयपुर० देखि लेगुवा ९धनकुटा० सडक बन्द आव्हान गरेको थियो । सोही बन्द सफल बनाउन हिँडिरहेको बेला किराती सहित पाँच पहिचानबादी युवालाई प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै, प्रहरी नियन्त्रणमा रहेका पुर्व मन्त्रि किराती लगायतका पहिचानवादी नेताको रिहाइको माग गर्दै सडक बन्द गर्ने क्रममा आइतबार पक्राउ परेका प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राई पनि छुटेका छन् ।
दिक्तेलको किरातचोकस्थित मध्यपहाडी राजमार्गमा सवारी आवागमनमा अवरोध गरेको भन्दै आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु भने बिनाशर्त रिहा भएका हुन् । प्रहरी नियन्त्रणमा रहेका नेता रिहा भएपछि दिक्तेलबजारमा पहिचान पक्षधरले नाराबाजी सहित जुलुस निकालेको थियो ।
प्रदेशको पुःननामांकनको मागमा संघर्षरत संयुक्त संघर्ष समितिले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गरिरहेको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल