Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वमन्त्री खड्काको निर्णय उल्ट्याइँदै

काठमाडौं । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली विद्युत् प्राधिकरणका तत्कालीन अध्यक्ष दीपक खड्काले गरेको कर्मचारी सरुवा र बढुवासम्बन्धी निर्णय उल्ट्याउने प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणको कर्मचारी सेवा, शर्त विनियमावली २०७५ को १२औँ संशोधन गरी खड्काले कार्यकारी निर्देशकको अधिकारक्षेत्रमा पर्ने १०औँ तहदेखि माथिका कर्मचारीको सरुवा र बढुवा सञ्चालक समितिमा लैजाने निर्णय आफैँ गराएका थिए। अहिले त्यसलाई उल्ट्याउने प्रक्रिया थालिएको हो। हाल प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका मनोज सिलवालले पदबहाली गर्दै तत्कालीन निर्णयहरु पुनरवलोकनका लागि फेरि सञ्चालक समिति बैठकमा लैजाने निर्णय गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणका प्रशासन प्रमुख तुलसीराम गिरीले नवनियुक्त कार्यकारी निर्देशक सिलवालले मंगलबार दुईवटा निर्णय गरेको जानकारी दिए। गत असार २२ गते बसेको प्राधिकरणको १००४औँ सञ्चालक समितिको बैठकले १०औँ तहदेखि माथिका कर्मचारी सरुवा तथा बढुवाको निर्णय गरेको थियो। जसमा सम्पूर्ण अधिकार सञ्चालक समितिको मातहतमा रहने उल्लेख थियो। यसमा कर्मचारीहरुले विरोध गर्दै आएका छन्। प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री हुन्छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल