Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वराजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका छन् । उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेको प्रवक्ता बोहराको भनाइ छ । पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।