Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको प्रकरणमा प्रतिकको संलग्नता देखिएको छ । नेकपा एमाले का उपाध्यक्ष बादल गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण,तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।
शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ
२०८३ जेष्ठ ८
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल