Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व मन्त्रीले विदेश पठाइदिने नाममा खाएको हो त ३० लाख ?

काठमाडौं । माओवादी छाडेर मन्त्री पद जोगाएका र अदालतबाट बर्खास्तीमा परेका एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहविरुद्ध प्रहरी वृत्त, बानेश्वरमा ठाडो उजुरी परेको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोप लगाउँदै प्रहरीमा उजुरी परेको हो । बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार ३० लाख लगेकोमा १० लाख फिर्ता गरेका र थप पैसा बाँकी रहेको बताउँदै उजुरी परेको छ । प्रहरीका अनुसार बाँसबारीकी दीपा कुँवर नामक महिलाले निवेदन दिएकी हुन् । सामान्ययता प्रहरीले ठाडो उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गराउने गर्छ । तर आरोपित भीआईपी भएकाले प्रहरीले पूर्वमन्त्रीलाई सोधपुछका लागि बोलाएको छैन । एक प्रहरी अधिकृत भन्छन्, पैसा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले उहाँलाई केही नभनेका हौं ।


सम्बन्धित समाचार

तेल पर्याप्त छ, ग्यासको पनि अभाव छैन

२०८२ फाल्गुन ३०

ताजा नेपाल

सजिलो छ त ? इरानलाइ सत्तापलट गर्न

२०८२ फाल्गुन २४

ताजा नेपाल

मध्यपूर्वमा युद्धको आगो

२०८२ फाल्गुन १९

ताजा नेपाल