Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व मन्त्री पौडेलको निधन

काडमाडौं । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ । ५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।
शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल र्पुयाइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए ।
माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । शुक्रबार बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन तल्लीन थिए । त्यही क्रममा उनका एक साथी त्यहाँ आइपुगे । उनीसित गफिँदै गर्दा अचानक पौडेल ढल्न पुगेका थिए । त्यसपछि तुरुन्तै उनलाई अस्पताल पु¥याइएको थियो ।
नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए ।पौडेलका दुई छोरी छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।
पौडेलको निधनमा शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वा्चित, पूर्व्शिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा शुक्रबार बिहान चितवन माडीमा निधन भएको थियो ।
आजको बैठकका लागि निर्धाति विनियोजन विधेयक, २०७६ को जारी छलफलअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल आगामी असार ३ गते हुने सभामुख महराले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ ।