Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ । डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृहमन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार शाहको सुरक्षामा प्रमोद प्रकाश पाठक नेतृत्वमा १६ जनाको नयाँ टोली खटाइएको छ । भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षाकर्मीको टोली उनको सुरक्षामा खटाइएको हो । यसअघि शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले तीनकुनेमा भएको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकालेको थियो ।


सम्बन्धित समाचार

कसको कारण चर्कियो आक्रोश ?

२०८१ चैत्र १९

ताजा नेपाल

गणतन्त्रको जग राप्रपाले हल्लायो

२०८१ चैत्र १९

ताजा नेपाल

सांसद दीपक बोहराको निधन

२०८१ चैत्र १९

ताजा नेपाल