Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राप्रपाको आशा मरेपछि पूर्व राजा दुर्गा प्रसाईहरुको अतिथि बन्न बाध्य भएका छन् । सबैले आशा देखाउन तर पार लगाउने छाँटकाँट कतै नदेखिएपछि देश विदेशको दौडधूपमा छन् पूर्व राजा ज्ञानेन्द्र शाह । राजतन्त्रको वाकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले झापामा रहेको पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन्। भेटमा सहभागी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पूर्वराजा शाहसँग भेटका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। तस्बिरसँगै उनले लेखेका छन्, ‘झापाको दमकमा भेटघाट,’ तर, राणाले भेटघाट भएको मितिबारे केही खुलाएका छैनन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उक्त भेट बुधबार भएको पुष्टि गरेका छन्। भेट बुधबार नै झापामा भएको हो। राजतन्त्रको वकालत गर्ने पार्टी भएकाले यो भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ, उनले भने, यो नियमित भेट हो। भेटमा भएको कुराकानीको विस्तृत विवरण आइसकेको छैन। पूर्व राजा ज्ञानेन्द्र सबैबाट निराश छन् । सबैले आशा देखाउँछन् सके अलि अलि मालपानी झार्छन् तर व्यवस्था नै परिवर्तनको आवाज उठाउने ह्याउ कसैसँग छैन ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल