Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व सांसद कार्की पक्राउ

काठमाडौं । घुस मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(१४ कलंकी डेरा गरी बस्ने स्याङ्जा टकसार घर भएका तत्कालिन संविधानसभाका सभासद ४८ वर्षीय डोल बहादुर कार्कीलाई काठमाडौं सतुङ्गलबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले २०६७ भदौ १४ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकमा नोकरी लगाई दिने बाहनामा पीडितसँग पटक पटक गरी ४ लाख ५ हजार रुपैयाँ घुसररिसवत लिई उक्त रकममध्ये २ लाख ५ हजार मुद्दाका अर्का प्रतिवादी स्वामी ब्रम्हानन्द उदासीनले र १ लाख रुपैयाँ कार्कीले लिएका थिए ।
उक्त मुद्धामा जनही ४र४ महिना कैद र विगो बमोजिम १र१ लाख रुपैयाँ जरिवाना र प्रतिवादी मध्येका कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका संसदको सभासद पदमा आसिन व्यक्ति भएकोले थप २ महिना कैद सजाय समेत गरी जम्मा ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतको २०७६ असार १७ गतेको फैसलाले सदर गरेको थियो ।
उल्लेखित सजाय बेरुजु रही फरार कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
निजलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।