Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व सेनापति कटवालका दुवै मिर्गौला फेल

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगत कटवालका दुवै मिर्गौला फेल भएका छन्। दुवै मिर्गौलामा समस्या भएपछि कटवालको छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ। उनको अहिले डायलासिस चलिरहेको पारिवारिक स्रोतले जनाएको छ। मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार उनको अहिले प्रत्यारोपणको तयारी थालिएको छ। केही समयअघि कटवालको प्रोष्टेडको शल्यक्रिया गरिएको थाहा खबरले जनाएकाे छ ।