Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पृथ्वी राजमार्ग फेरि रोकियो

चितवन । पृथ्वी राजमार्गको जवाङ खोला नजिकै ठूलो पहिरो खस्दा काठमाडौँ जाने सडक पूर्व रूपमा अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको धादिङ जिल्लातर्फ वेनिघाट रोराङ गाउँपालिका १० नम्बरमा पर्ने जवाङ खोलामा गएरातीदेखि नै पहिरो खस्न सुरु भएको थियो । धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार रातीको पहिरो ८० प्रतिशत फालेर सकिएपछि बिहान साढे ५ बजे माथिबाट पहाडै खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो । उनले कम्तीमा पनि ५ घण्टाभन्दा बढी समय पहिरो पन्छाउन लाग्ने बताए । एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेसिनले काम गरिरहेको छ । तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना देखिएको छ । यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ । बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल