Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले बिहिबार राति १२ देखि लागु हुने गरि पेट्रोलमा ४ रुपैयाँ तथा डिजल र मट्टितेलमा २ रुपैयाँ वृद्धि गरेको हो । यस्तै खाना पकाउने ग्यासमा समेत प्रतिसिलिण्डर १५ रुपैयाँले वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशन (इओसी) ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।


सम्बन्धित समाचार