Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेरिस डाँडामा बस्ने भनिएको सचिवालय बैठक सर्‍यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक आइतबारसम्मका लागि सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको हो । सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो । सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ । बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिँदै आएको थियो ।