Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेलेको रेकर्ड नेयमारले तोडे

काठमाडौं । नेयमार अहिले महान खेलाडी पेलेभन्दा अगाडि पुगेका छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । ब्राजिलियन फरवार्ड नेयमारले शुक्रबार विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा यो उपलब्धि हासिल गरेका हुन् । उक्त खेलमा ब्राजिलले बोलिभियामाथि ५–१ को शानदार जित दर्ता गरेको थियो भने खेलमा नेयमारले दुई गोल गरेका थिए । पेलेले ७७ अन्तर्राष्ट्रिय गोल गरेका थिए भने नेयमारले हाल ७८ गोल गरेका छन् । पेलेको गत वर्ष डिसेम्बरमा ८२ वर्षको उमेरमा निधन भएको थियो । ३१ वर्षीय नेयमारले हालै पेरिस सेन्ट जर्मेन छाडेर साउदी अरेबियाको क्लब अल हिलाल क्लबबाट खेल्न थालेका छन् । अन्तर्राष्ट्रिय फुटबल खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा छ । रोनाल्डोले २०० खेलमा कुल १२३ गोल गरेका छन्। अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले अहिलेसम्म १७६ खेलमा १०४ गोल गरेका छन् ।