Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका-७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा।१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल