Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेस्तोल र गोली सहित पक्राउ

मोरङ । कटहरी गाउँपालिका(१ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका(२ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही खोला नजिकको खुल्ला मैदानमा छठ पूजाको अवसरमा स्थानीय एक युवाक्लबले आयोजना गरेको साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा केही व्यक्तिहरूले ढुंगा प्रहार गरेकोले उक्त स्थानमा खटिएको प्रहरीले शंकास्पदहरूलाई तलासी गर्ने क्रममा भगतलाई उक्त हतियार तथा गोली सहित फेला पारी पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका(७ कदमहा बस्ने २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको खुल्न आए पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मण्डललाई समेत आइतबार साँझ बिराटनगर महानगरपालिका(७ जलजला चोकबाट पक्राउ गरेको छ ।
उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


सम्बन्धित समाचार