Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेस्तोल र दुई राउण्ड गोली बरामद

चितवन । भरतपुर महानगरपालिका(५ कैलाशनगरस्थित चितवन मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउण्डबाट २ राउण्ड गोली लोड भएको मेड इन युएसए लेखिएको पेस्तोल एक थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
उक्त स्थानमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बेवारिशे अवस्थामा कपडाको झोलाभित्र लुकाई राखेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।
उक्त कलेजका ६ जना सुरक्षा गार्डहरुलाई सोधपुछको लागि नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।


सम्बन्धित समाचार