Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरामा एमालेहरुलेनै एमाले हराउने भए

नेकपा एमालेको सचिवालयले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपनि अन्तिममा उनको टिकट खोसियो । कारण थियो, टिकट पाएसँगै सुन पसलबाट सिक्री चोरेको आरोप लगाउँदै भिडियो सार्वजनिक हुनु । त्यही भिडियोलाई देखाएर पौडेलको सट्टा कृष्ण थापा उम्मेदवार चयन भए ।

भिडियोमा दाबी गरे जस्तो सिक्री चोरेरनचोरेको प्रहरीले अनुसन्धानबाट खुल्ने विषय होला, तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको गुटगत प्रतिस्पर्धा एकअर्कालाई निषेध गर्ने राजनीतिसम्म पुगेकाले त्यो भिडियो बाहिर आएको एमाले नेताहरु पनि स्वीकार गर्छन् । भिडियो सार्वजनिक गर्ने र भाइरल बनाएर टिकट खोस्न खगराज समूहकै नेता कार्यकर्ता पनि लागेको पौडेलको आरोप छ ।

त्यसअघि कृष्ण थापालाई मेयर हुन रोक्नैका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार जुनसुकै बेला एमालेको नेतृत्वमा बन्न सक्ने भएकाले प्रदेशसभा सदस्यलाई टिकट नदिने निर्णय गराएको सदस्य खगराज समूहको आरोप थियो ।

भिडियो प्रकरणपछि पौडेलको टिकट खोसिएपछि थापाले प्रदेश सांसदबाट राजीनामा दिएर चुनावी मैदानमा आए । तर एमाले एकढिक्का भएर चुनावमा होमिन सकेन । थापालाई मेयरको उम्मेदवार बनाउन पृथ्वीसुब्बा समूह असन्तुष्ट थियो भने पौडेलको राजनीतिक जीवन नै समाप्त पारेको भन्दै अरु पनि खुसी थिएनन् । एमाले वरिष्ठ नेता ईश्वर पोखरेल १८ वैशाखमा पुरुन्चौर पुगेर पौडेललाई भेटेपछि चैत २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी पोखराको चुनावी सभामा देखिए र फेरि चुप बसे ।

तर एमालेभित्रको असन्तुष्टि भने भुसको आगो झैं फैलियो । अहिले एमाले, कास्कीको राजनीति तरंगित हुने गरी सार्वजनिक भइरहेका अडियो सम्वादहरुले त्यही भन्छ ।

पोखरामा करिव २१ हजार मत गणना हुँदा मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले सुरुवाती अग्रता लिएका छन् । एमाले बलियो भनिएकै वडामा पनि कृष्ण थापाले भन्दा धनराजले धेरै मत पाएका छन् ।

धनराजले अग्रता कायमै राखिरहेका बेला आइतबार एमालेवृत्तमा दुईटा अडियो फैलिरह्यो ।

एउटा, पृथ्वीसुब्बा पक्षका सांसद राजीव पहारीका स्वकीय सचिव र धनराज आचार्यका भतिजा पर्ने प्रशान्त आचार्यबीचको टेलिफोन वार्ता भनिएको छ ।

अर्को, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमाले वडा नम्बर ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल र दीपक मल्ल नाम गरेका कांग्रेस नेतासँग भएको टेलिफोन कुराकानी ।

राजीव पहारीका स्वकीय सचिव मनोज पहारी र धनराजका भतिजा भनिएका प्रशान्तबीचको कुराकानीमा एमालेबाट कति भोट धनराजलाई दिन सकिन्छ भन्ने बार्गेनिङ समेत छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी
कृष्ण थापाले चुनाव हारे प्रदेशसभा सदस्य राजीव पहारी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, युवा संघका माधव बास्तोला, कास्की जिल्ला इन्चार्ज भीम कार्की, मनबहादुर गुरुङलाई दोष लाउने भन्दै उनलाई हराउनुपर्ने कुराकानीमा भनिएको छ । धनराजका भतिजा भनिएका प्रशान्तले एमालेको २०० मत यताउता गर्न सक्ने भन्दै धनराजसँग पैसाको कुरा गर्न मनोजलाई भनेका छन् । एमालेका सदस्य रहेका उनको आफ्नो क्लबको मत धनराजलाई सहयोग गर्न सक्ने भनाइ थियो । पैसाको कुराकानी र आफ्नो नाम थाहा हुन नहुने प्रशान्तले कुरा गरेपछि पहारीका स्वकीय सचिव भनिएका मनोजले भन्छन्ः

मलाई त डर छैन । कारबाही गरेपनि केही फरक छैन । पिएसले गर्नुहुन्न, पद्माले गर्नुहुन्न, कास्की जिल्लाको अध्यक्ष र इन्चार्जले गर्नुहुन्न । त्यो भएपछि मलाई केही फरकै पर्दैन । अरु मान्छे भए त हामीले विषय पनि उठाउँँथेनौं । अपराधीलाई पार्टीले प्रोत्साहन गरिदियो, हामी कार्यकर्ताले आची खान भएन । धेरै पहिलेदेखि चिनेको मान्छे, ३२ सालदेखि । कृष्ण थापा सत्तामा गएर पनि काम नगर्ने हो । यसलाई सजायँ दिने बेला यही हो भनेर लागेको छु । २१ मा डेढ÷दुई सय भोट काट्छु । २४ मा २ सय काट्छ । १९ ले खुलेर हिंडे पनि सहयोग गर्दैनन् ।

ईश्वर पोखरेललाई त मैले लिएर गएको हुँ, दीपकलाई भेट्न । त्यहाँबाट कत्ति भोट आउँदैन । उसको थापा आफ्नै वडाबाट आउँदैन । अरुमा त कांग्रेस पनि बलियो छ । सबैतिरबाट धनराज सरलाई जसरी चुनाव जिताउने भनेर लागेका छौं । कृष्ण थापालाई हराउन बेस्सरी लागेको छु । कसैले रोकेर पनि रोकिन्नँ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल