Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरीमा भेटियो ९ दिने शिशुसहित तीन जनाको शव

सर्लाही । ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित पोखरीमा तीन जनाको शव फेला परेको छ । गाउँको पूर्वतर्फ रहेको पोखरीमा स्थानीय सञ्जीव कापरकी २५ वर्षीया श्रीमती रितेबादेवी, दुई वर्षीया छोरी रोमाकुमारी र ९ दिने छोराको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका बुधबार बिहान सूर्यवंश चौधरीको पोखरीमा तीन जनाको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती महिला बच्चासहित मंगलबार राति नै घरबाट निस्केको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पत्नी र बच्चाको खोजीमा निस्किएका भनिएका सञ्जीव अहिलेसम्म घर आइनपुगेको र उनीसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल