Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्यूठान जन्ती जिप दुर्घटनामा पाँच मृतकको सनाखत

प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । शनिबार बिहान लिवाङको ओखरपाटामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । घटनास्थलमै ६ जना र उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले बताए । सनाखत हुने मृतकहरुमा ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्का रहेका छन् । अन्यको पहिचान खुल्न बाँकी छ ।
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जिप लिवाङको ओखरपाटामा दुर्घटना भएको थियो । ग १ ज ५०९२ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका ५ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार हुँदै गरेको प्रहरीले जनाएको छ । जीप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।