Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रकाश सपूतले चलचित्र निर्माण गर्ने

काठमाडौं । गायक प्रकाश सपूतले आफैँ चलचित्र निर्माण गर्ने भएका छन् ।
“यो वर्ष म विभेदविरुद्धका गीतमा काम गर्दै छु । अर्को वर्ष आफैँ चलचित्र निर्माण गर्दै छु,” प्रकाशले जनाएका छन् । प्रकाशले निर्माण गर्ने चलचित्रको निर्देशन पनि उनी स्वयंले गर्नेछन् ।
स्क्रिप्ट तयार भइसकेको सिनेमाको मुख्य भूमिकामा पनि प्रकाश आफैँ हुनेछन् । आफ्नो चलचित्र सामाजिक कथावस्तुमा आधारित हुने उनले स्पष्ट पारे । विसं. २०८१ आफूले आफ्नै चलचित्रलाई समय दिने उनको भनाइ छ ।
यो वर्ष प्रकाशले अभिनय गरेको चलचित्र ‘परदेशी–२’ रिलिज हुँदै छ । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश शीर्ष भूमिकामा छन् ।
“चलचित्र र गीतसंगीत मैले रोजेको कर्म हो । मलाई चलचित्रमा काम गर्न मन लागेको थियो । परदेशी–२ मा काम गरेँ । यो चलचित्र यही वर्षको दसैँमा रिलिज हुँदै छ,” उनले भने, “यसका लागि अब हामी पब्लिसिटीमा जुट्दै छौँ । अर्को वर्ष म आफ्नै चलचित्रको काम गर्नेछु ।”