Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भक्तपुर । ठूला नेतालाई पहुँचमा पारेर ठूला ठेक्का हात लगाउने अनि वर्षौ झुलाउने काम नेपालमो नौला हुन छाडेको छ । ७ वर्षसम्म पनि नगरकोट निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाले निर्माण कम्पनीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन नै गरेर पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भक्तपुर–नगरकोट–सिपाघाट सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले ०७१ जेठ २२ मा पाएको थियो । ०७३ कात्तिक ४ मा काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ७८ प्रतिशत मात्रै काम सकिएको छ । हालसम्म ७ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक गत भदौ ३ मा मन्त्रिपरिषद् बैठकबाटै आगामी चैत मसान्तसम्मको समयसीमा दिइएको छ । आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गरेको नगर प्रमुख मिश्रको भनाइ थियो । उनका अनुसार अनुसार पुस ७ मा सडक निर्माण कार्य अलपत्र पर्नुको कारणबारे सरोकारवालासँग अन्तरक्रिया, पुस ११ मा जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ मा सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गरिनेछ । यसैगरी, ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतिघर मण्डलमा धर्ना र अरनिको राजमार्गमा चक्काजामको कार्यक्रमसमेत तय गरिएको छ । नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीसमेत हुन् ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल