Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डकी छोरिलाइ मेयरमा जिताउनु कांग्रेसको महांभुल थियो : सिंह

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रचण्डपुत्री रेणुका दाहाललाई भरतपुरको मेयरमा जिताउन काग्रेंसले खेलेको भूमिका चरम राजनीतिक विचलन भएको बताउनुभएको छ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको समेत आलोचना गर्नुभएको छ । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको बताउनुभयो ।
सिंहको उम्मेदवारी घोषणापत्रमा भनिएको छ, ‘सभापतिजीले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो ।’
पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट देउवा एक्लैले ठूलो आत्मघाती निर्णय गरेको सिंहको भनाई छ । सिंहले उक्त घटनाले देशव्यापी रूपमा स्वाभिमानी कांग्रेसीजनको शीर निहुर्‍याएको बताउनुभएको छ । ‘पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठूलो क्षति पुगेको थियो’ सिंहले उल्लेख गर्नुभएको छ


सम्बन्धित समाचार