Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको अध्यक्षतामा नेकपाको बैठक

केपी ओली फर्कनु अघिनै विवाद मिलाउने योजना

काठमाडौं । पार्टी एकता हुँदा समान हैसियतका अध्यक्ष बनेका नेकपाका दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल अहिलेसम्म पर्दामा आएका थिएनन् । तर अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरतिर लागेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सचिवालय बैठक बोलाएका छन् ।

पार्टी एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेका कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छललफल गरिने एजेण्डा राखिएको नेकपाले जनाएको छ ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर रहेकाले पहिलो पटक एक अध्यक्षको अनुपस्थितमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो । आन्तरिक पार्टी विवाद मिलाउने उद्देश्यले बैठक बोलाइएको बुझिएको छ । गत बिहीबारको सचिवालय बैठकमा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबिच व्यक्तिगत तहमा भनाभन भएपछि नेकपा भित्रको बिबाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।

झन्डै १५ महिना पछि बैठकको अध्यक्षता गर्नेसम्म अधिकार पाएका दाहालले नेकपा भित्रको बिबाद ओली उपचार गरेर स्वदेश फर्कनु अगावै सल्टयाउने प्रयास गरिरहेको छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिलेसम्म पोलिटव्यूरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लाग्न बाँकी छ। सचिवालय, केन्द्रीय कमिटिी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाटलगायतका एकताका काम सकिएको छ ।


सम्बन्धित समाचार