Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरी हिरासतमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि पार्टीका लागि विश्वासका पात्र नरहेको निष्कर्ष निकालेको छ । सभापति लामिछाने आठ दिनअघि पक्राउ परेपछि सत्ता पक्षीय दल र आफूहरूसँग दोहोरो भूमिका खेलेकाले प्रचण्डको कुरामा फस्न नहुने निष्कर्ष निकालेको नेताहरूले बताएका छन् । रास्वपाको शनिबार बसेको बैठकमा पनि माओवादी केन्द्र र प्रचण्डको भूमिकाबारे अनौपचारिक छलफल भएको थियो । त्यस छलफलमा नेताहरूले प्रचण्डसँग कुनै पनि कुरामा विश्वास गरिहाल्न सक्ने अवस्था नरहेको निचोड निकालेका थिए । शनिबार माओवादी केन्द्रले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । त्यहाँ रविको बचाउमा प्रचण्ड बोल्ने नेताहरूले आश गरेका थिए । तर प्रचण्डले रविको बचाउमा कुरा नगरेपछि रास्वपा नेताहरू बिच्किएका छन् । शनिबारको बैठकबारे जानकारी दिँदै रास्वपा सचिवालयका एक सदस्यले भने, प्रचण्ड न सरकारका लागि विश्वासिला पात्र हुन् । नत्र विपक्षीका लागि नै । उनी सत्ता वरिपरि घुमिरहन्छन्, हामीले विश्वास गर्नु हुँदैन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल