Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको भारत भ्रमण भ्रम र यथार्थ

  • अर्जुन ज्ञवाली

राष्ट्रको मुल अङ्ग सेना, प्रहरी, अदालत र जेल हो । माओले जो सँग राज्यको यी ४ अङ्गको नियन्त्रण हुँदैन सत्तामा देखिए पनि उसँग सत्ता हुँदैन भनेका थिए । नेपालमा सेना भारतको मानार्थ र राष्ट्रसङ्घको शान्ति सेनाको रूपमा इन्डो÷पश्चिमाको पकडमा छ । यसकारण बिगतमा राजा विरेन्द्रसँग सत्ता देखिए पनि उनिसँग थिएन परिणाम । २ वटा अत्याधुनिक सैनिक गणभित्र उनको हत्या भयो । यसैगरी राजा ज्ञानेन्द्र आए उनिसँग पनि स्थाइ सत्ता थिएन सेनाको घेराभित्र बिरेन्द्र मारिए त्यसको अपजस ज्ञानेन्द्र केन्द्रित गरेर सेनाले धोका दियो गणतन्त्र आयो । त्यसपछि प्रचण्ड आए, उनले प्रधानसेनापति रुकमाङगद कटवाललाई परिवर्तन गर्न खोज्दा सत्तानै गुम्यो । कटवाललाई हटाउन नसक्ने प्रचण्डले गणतन्त्र ल्याएको होईन त्यसको भारिमात्र बोकेका हुन् । राजतन्त्र फालें भन्नेले कटवाल किन हटाउन सकेनन् ? आफैं सताच्युत हुन गए । अहिले अर्काथरी सेनाको केन्द्रमा बसेका अनुचरहरूले सिक्किमिकरण, भुटानीकरणको कुरा गर्दछन् तर सेनानै भारतको मानार्थ भएको कुरा उठाउँदैनन् । राजतन्त्र होस् कि गणतन्त्र जबसम्म सेनालाई हामीले इन्डो÷पश्चिमाको पकडबाट अलग गराउन सक्तैनौ हामी स्वतन्त्र हुदैनौं र देशभक्तहरूको सुरक्षा हुँदैन । भारतले खायो चिनले ऋण बोकायो भनेर तिनै सेनाका अनुचरहरू सबैभन्दा बढी चिल्लाउँछन् । भूराजनीति फेरबदलसँगै परम्परागत राष्ट्रबादको परिभाषा पनि बद्लिएको छ । खुल्ला सिमाना र सेनाको इन्डो÷पश्चिमाकरण नेपालको सबैभन्दा ठूलो समस्या हो ।
हामीले पुरानो कुरा बिर्सने गरेका छौं । कुनै समय माओवादीले आरएसएसको यो नक्सा अखण्ड भारतको एजेन्डालाई सिकम्पोसा दक्षिण एशियालि फेडेरेशनको नाम दिएर अगाडि सारेको थियो । भोलिको पुस्ता इतिहासको नेपालविरुद्धको षड्यन्त्रबाट बेखबर नहोस् भनेर यस विषयमा पुस्तक प्रकाशन हुँदैछ । माओवादीले आरएसएस, रअ, विरेन्द्र हत्या गर्ने नेपालको सेना, दरबारिया गिरोह र भाजपाकै संरक्षणमा चलाएको हिंसा कालमै सिकम्पोसा दक्षिण एशियालि फेडेरेशनको नाममा अखण्ड भारतको एजेन्डा बोकेको थियो । माओवादी हिंसाको उत्कर्सकालमा भारतमा भाजपाको सरकार थियो प्रचण्ड बाबुरामले भाजपा प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई निवेदन हालेका थिए । अहिले प्रचण्डबाट छबिलाल दाहाल भएर दिल्ली अवतरण गरेका प्रधानमन्त्री त्यहीं नक्सा अगाडि लम्पसार परेका छन् । माओवादको नाममा माओकै चीनविरुद्ध छद्म हिंसाको नेतृत्व गरेका छबिलाल दाहालले अब भ्रमदिन सम्भव छैन । भारतीय बिस्तारबाद विरुद्धको सुरुङयुद्ध छद्म नाटक मञ्चन थियो । सिकम्पोसा अखण्ड भारतको आरएसएस एजेन्डाका कारण माओवादीलाई भारतमा बिजेपिले संरक्षण दिएको थियोे भने इसाई मिसनरी एजेन्डाका कारण युरो÷पश्चिमाहरूले । कथित माओवाद केवल जनता झुक्याउने चालबाजी मात्रै थियोे । नेपालमा काँग्रेस र एमाले संसदीय पार्टीका कार्यकर्तामाथिको आक्रमण हत्या लुटपाट गरेकोले दरबारिया राणा केन्द्रको सहयोग थियोे । विरेन्द्रको हत्या काण्डका बाह्य प्रमाण नस्ट गर्न विरेन्द्र हत्या गर्ने सैनिक गिरोहलाई माओवादी आवश्यक थियो यसकारण सैनिक जनरल कुमार फुदुङ सभासद् बनेका थिए । अफगानिस्तानमा तालिवान सिआइएले इस्लामको आवरणमा खडा गरेजस्तै नेपालमा सिआइएले रिमका अध्यक्ष सिआइए एजेन्ट अमेरिकी नागरिक बबअभाकियनको पहलमा नक्कली माओवादी इन्डो÷सिआइए र चर्चको योजना खडा गरिएको थियो । तालिवानले इस्लामको नारा दिएजस्तै माओवादीले नयाँ जनवादी क्रान्तिको नारा दिएको थियो । तालिवान जसरी सिआइएको योजनामै जनता झुक्याउन अमेरिका बिरोधि जस्तो देखिन्थ्यो नेपाली माओवादी रअ कै योजनामा भारत बिरोधि देखिन्थ्यो जबकि कथित माओवादी गुरिल्लाहरूलाई रअले बङ्गलादेश मुक्ति बाहिनीलाई जस्तै चक्राटामा तालिम दिएको थियो । यी सबै नाटकको पर्दा अब निर्बस्त्र रूपमा छायाँङकन भैरहेकोछ । जसरी ५० लाख टाउकोको मुल्य तोक्ने र तोकिनेको गठबन्धन सरकार नेपालमा छ त्यसरीनै भारतीय बिस्तारवाद विरुद्धको सुरुङयुद्ध गर्ने छबिलाल दाहाल अखण्ड भारत माओवादी भासामा सिकम्पोसा दक्षिण एशियालि फेडेरेशनको नक्सा अगाडि बिराजमान छन् ।
राजनीतिमा बाहिर देखिने र भित्रको षड्यन्त्र फरक पाटो हो । माओको नाम बद्नाम गर्दै भारतको रअ युरो इसाई मिसनरी र नेपाली सेनाभित्रको बिरेन्द्रको हत्या गर्ने गिरोहनै नक्कली नेपाली माओवादीको केन्द्र थियोे । अब कथित माओवादीका विषयमा रहस्यको विषय केहि छैन । आफैंले विभिन्न प्रयोजनकोलाई पालेको नेपाली माओवाद अब भारतको लागि त्यति आवश्यकता नहोला । किनभने कमजोर धरातलको माओवादीको औचित्य उसको लागि सकिएको छ । ४७१ मुद्दा हेगमा ५ हजार हत्या जिम्माको मुद्दा नेपालको सर्बोच्च अदालतमा रहेको अवस्थामा प्रचण्डको लम्पसार फगत लुटेको पैसा जोगाइदिने भिक्षा बाहेक अन्यत्र पाउन सकिँदैन । भारतीय बिस्तारवाद विरुद्ध सुरुङ युद्ध, बङकरहरू अब एउटा कथामा परिणत भएका छन् । हुन त मोहनबिक्रम सिंह पनि बिवाद रहित होइनन् तथापि उनले माओवादी क्रान्ति होईन केही क्यारिरिस्ट समूहको हिंसा हो र यो अन्तत दक्षिण अफ्रिकाको इन्काथा जस्तै लुटेराहरूको समूहमा परिणत भएर समाप्त हुनेछ भनेका थिए ठिक सिंहकै भविस्यवाणिको पूर्व सन्ध्यामा माओवादी छन् । माओवादी कुनै क्रान्ति थिएन गाउँका कुखुरा चोरहरूदेखि देशीविदेशी एजेन्सीहरू आ–आफ्नो स्वार्थमा प्रयोग गर्न लागेको समूह थियो र यस्तो समूह केही समय नक्कली राजनीति आवरणमा देखिए पनि पतन निश्चित थियोे जुन कुरा मोहनबिक्रम सिंहले माओवादी हिंसाको सुरुमै भनेका थिए । यतिबेला कांग्रेसको आडमा ३२ सिटमा सिमित प्रचण्डको हैसियत एकल २१ सिट जितेका रबि लामिछानेको जति पनि होइन, तथापि मालिक प्रतिको भक्तिभाव प्रचण्डको भ्रमणको उद्देश्य हो । कुटनीति बोलिभन्दा हाउभाउले बुझाउँछ । सामान्य मन्त्रीको बसाईको पोजिसननै प्रचण्डको भारत भ्रमण बुझ्न सहज बनाएको देखिन्छ । सम्झौता होलान् त्यो कार्यान्वयन हुने कुरा देखिँदैन । महाकाली सन्धि भएको २७ बर्ष भयो आजसम्म कार्यान्वयन भएको छैन । भारतको आवश्यकता बिजुली होईन पानी हो । सम्झौता होल्ड गर्ने मात्रै हो । महाकालीमा केपी ओलिले १ खर्ब २० अर्ब आम्दानीको प्रपोगण्डा मिथक बनिसकेको अवस्थामा प्रचण्डको अरुणबाट खरबौ आम्दानीको प्रपोगण्डा अगाडि आइसकेको छ । सम्झौता गर्नेले महाकाली कार्यान्वयनको कुरा गरेका छैनन् । संसारमा अपराधीहरूको पतन निर्मम हुन्छ चाहे त्यो गिरिजाप्रसाद कोइरालाको आत्महत्या होस् या नेपाल एयरलाइन्सको प्लेन ३० को दशकमा लुट्ने सुशील कोइरालाको हत्या । प्रचण्ड र माओवादी अपराधीहरूको पतन पनि त्योभन्दा फरक हुने छैन । इतिहास सय पचास बर्षको हुँदैन र भिडको आवाज पनि होईन । सूचना सञ्चारले युग परिवर्तन भएको छ । पुस्ता आफैंमा बिश्वव्यापिकरण भएको अवस्थामा पुरानो राष्ट्रबादले पनि परिमार्जन खोजेको होला । बेश्याहरू जतिसुकै सुन्दर भए पनि घरबार हुँदैन जवानिमा मनोरञ्जन मात्रै हो । कथित माओवादी यस्तै सडकको नर्तकिहो र भैसकेकोछ । यही हो छबिलाल दाहालको भ्रमण ।
नेपाल जस्तो बिशाल जनसंख्या भएका २ छिमेकि मुलुक भारत र चिनको बीचमा रहेको देशमा नागरिकता नीति खुकुलो हुनु घातक देखिन्छ । नागरिकता प्रकरणमा एकथरीले भनेजस्तो अर्थात् नागरिकता नपाएकाले पाउने भन्ने पनि होइन । अर्कोथरिले भने जस्तो आकाशै खसेजस्तो देशै बिदेशी नागरिकको हातमा जाने पनि होईन । यो नागरिकता प्रकरण भारत भन्दा बढी पश्चिमा स्वार्थसँग जोडिएको छ । बाबुको पहिचान बिना नागरिकता दिने प्रावधानले समाजलाई कता लैजान लागेको छ ? यसले वेश्याबृत्ती बढाउने र सामुहिक परिवार समाप्त पार्ने खतराछ । यो बिधयेकको सबैभन्दा खतरनाक प्रावधान हो । जहाँसम्म खुल्ला सिमाना र नागरिकको प्रश्नहो गोर्खा नेपालीहरूनै दोहोरो नागरिकता धारी कति छन् ? नेपालको सेना भारतको मानार्थ सेनाको रूपमाछ यो सेना भारतीय कि नेपाली ? यहाँका सेनापतिले भारतको सेनापती बराबर सुबिधा लिएर गुडगाउँ दिल्लीमा बस्ने गरेका छन् । पूर्वप्रधान सेनपती धर्मपालबर सिह थापा, दिल्लीमै बस्छन् । गौरबशमसेर राणाको सबै सम्पत्ती भारतमा छ । पूर्व प्रधानसेनापती प्यारजङ थापाले नेपालमा गणतन्त्र ल्याउन भुमिका निभाएबापत भारतीयलाई छोराछोरी दिएका छन् भने कटवालको गुड्गाउँ दिल्लीमा घर छ । यिनिहरू नेपाली भनिए पनि भारतीयनै हुन् । गोर्खा भर्तिमार्फत भारतीय सेनामा रहेकाहरू र भूतपूर्व भारतीय सेनाहरू नेपाली भए पनि उनिहरूको आत्मा भारतसँगछ । यो अवस्थामा हाम्रो राष्ट्रवाद कहाँछ ? नागरिकतामा राष्ट्रघातको मुद्दा चर्काउन खोज्ने स्वघोसित राष्ट्रबादिहरूले सेनाको मानार्थ र गोर्खा भर्तीको प्रभावबारे किन बोल्दैनन् ? यता सेनाका अधिकांस उच्चपदस्थ अधिकारीहरूको अमेरिकी नागरिकता छ यहाँको एउटा एलिट वर्ग पूर्णरूपमा पश्चिमाकरण भैसकेकोछ । यो अवस्थामा हाम्रो राष्ट्रबादलाई कसरी परिभाषित गर्ने ? अर्कोतर्फ खुल्ला सिमानाको प्रभाव छ यसलाई कसरी नियन्त्रण गर्ने ? जनगणनाको रेसियो हेर्नेहो भने नेपालको जनसंख्या घट्दो क्रममा छ किन ? नक्कली भुटानी नागरिक बनेर अमेरिका जानेहरूदेखि डिभी चिठ्ठामा जानेहरू गणनामा नेपाली भए पनि नेपाली मुलका हुन् नेपाली नागरिक हुन् कि होइनन् प्रश्न चिन्ह खडा छ । यो अवस्थामा इन्डो÷पश्चिमा घेराको सेना र खुला सिमानाबाट मुक्त नगर्दासम्म समस्या समाधान हुँदैन । राजा बिरेन्द्रको बंश बिनास अमेरिकी सेना भिœयाएर भारतको सहमतिमा नेपालको सेनाले ग¥यो । तत्कालिन रअका प्रमुख पिके हर्मिज थाराकन नेपाली सेनाका तत्कालिन सहसेनानी दिलिपशमसेर जबराको बिशालनगरको घरमा बसेका थिए । जबरा दिल्लीमा बस्ने पूर्वप्रधान सेनापती धर्मपालबर सिह थापाका ज्वाइँ हुन् । अब भन्नुस् यो सेना नेपाली हो कि भारतीय ? यो विषयमा स्वघोसित राष्ट्रवादिहरू बोल्दैनन् । यहाँ राष्ट्रघात आलु र गोलभेडा बेच्ने तराईका नागरिकबाट होइन सेना, निजामती कर्मचारी गद्दार राजनीतिक नेतृत्वबाट भएको छ । खुला सिमाना, गोर्खा भर्तिकेन्द्र र नेपालको सेना भारतीय मानार्थ सेना बन्ने ३ विषयबाट अलग गरेर दीर्घकालीन समाधान नखोजी राष्ट्रबादको स्यालहुइँया मच्चाउनुको कुनै अर्थ छैन । योत विरेन्द्रको हत्या भारत ÷र अमेरिकीले गरे भन्ने तर सुरक्षा गरेको सेनाको बारेमा चुइक्क नबोल्नेहरूको जस्तै हो । नत बनारसमा जन्मिएका बिपि कोइराला, मातृका, गिरिजा नेपाली थिए नत सूर्यबहादुर थापा प्रवृत्ति नत पशुपतिशमशेर राणा नेपाली हुन् नत सेनाका पूर्वप्रधान सेनापती धर्मपालबर सिह थापा, प्यारजङ थापा, गौरबशमसेर राणा, रुकमाङ्गद कटवाल यिनिहरू नेपाली मुलका इन्डो÷पश्चिम्को कामगर्ने गोठाला हुन् । हामीलाई नेपाली अनुहारका राष्ट्रघाती यी गोठालाहरू भन्दा तराईमुलका लालबाबु पण्डित चाहिएकोछ । सुस्ता महेशपुरमा नेपाली भुमि बचाउन लड्ने भुमिपुत्र चाहिएकोछ । यसकारण नागरिकता प्रकरणमा प्रष्ट हुन् जरुरीछ अहिलेको नागरिकता बिधेक नेपाललाई बेश्या पुत्र पुतृृको थलो बनाउने पश्चिमा मिसन अनुसार आएकोछ । एमसिसि र यो नागरिकता ऐन एक अर्कामा अन्तर्सम्बन्धित छन । मृत्यु भैसकेका यी दुबै एजेन्डा कार्यान्वयन हुनै सक्तैनन् हेक्का रहोस् ।


सम्बन्धित समाचार